• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 06:49 pm

पाल्पामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । पाल्पामा शनिबार एकैदिन थप ७५ जना समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । पाल्पा अस्पतलले स्थापना गरेको कोभिड प्रयोगशाला, नेशनल प्याथल्याव, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएकोे पिसिआर परीक्षाणका क्रममा रामपुर नगरपालिकाका २ कर्मचारी र २ स्वास्थ्यकर्मीसहित ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

 यस्तै तानसेन नगरपालिकाका १८ जना, बगनासकाली गाउँपालिका भित्रका १९ जना, पूर्वखोलाका ९ जना, तिनाउ, रैनादेवी छहरा र माथागढी गाउँपालिका भित्रका २।२ जना तथा रिब्दीकोट गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । 

यो तथ्यांक लकडाउन खुलेपछिको सबैभन्दा धेरै रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । आज थपिएका संगै हाल पाल्पामा ९ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 संक्रमितमध्ये ७ सय १० जना डिस्चार्ज भएका छन् भने २ सय १५ जना सकृय संक्रमित रहेका छन । पाल्पामा हालसम्म ४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सरकारविरुद्ध नारा लगाउदै कटारीमा कांग्रेसको राँके जुलुस

  • १८ मङ्सिर, २०७७

उदयपुर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउको बिरोधमा नेपाली कांग्रेस उदयपुरले कटारीमा राँके जुलस निकालेको छ ।  बिहीबार साँझ

कोरोना बीमाको दाबी भुक्तानी ३ दिनमा गर्न सरकारको निर्देशन

  • १८ मङ्सिर, २०७७

काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी ३ दिनभित्रमा गरिसक्न बीमा समितिलाई निर्देशन दिएको छ । कोरोना बीमा दाबी भुक्तानीमा अनावश्यक

काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना

  • १८ मङ्सिर, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना देखिएको छ । जसअनुसार भक्तपुरमा २६ ललितपुरमा ८० र काठमाडौंमा ४५५ जनामा कोरोना देखिएको मन्त्रालयले