• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 07:04 am

होम आइसोलेसनमा बसेका पुरुषको निधन

भक्तपुर ।  कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान गएको छ । 

दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ ।

गत असोज २८ डा। इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेकामा आज मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए  । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पहिरो पीडित परिवारलाई सहयोग

  • १० कार्तिक, २०७७

वालिङ । स्याङ्जाको वालिङ १४ तमादीका पहिरो पीडितलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ । गत असोज ८ गते घरमाथिबाट

संक्रमितलाई सङ्क्रमितबाटै दशैँको टीका

  • १० कार्तिक, २०७७

तुलसीपुर । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ।अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका

चितवनमा ७७ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु

  • १० कार्तिक, २०७७

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत ७७ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका का १ का ती वृद्धको गएराति साढे १२