वडाअध्यमा कोरोना सङ्क्रमण

बैतडी ।  बैतडी जिल्लामा जनप्रतिनिधिसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा पाटन नगरपालिकास्थित एक वडाध्यक्षसहित दुई जनप्रतिनिधि, पाटनकै अन्य दुई जनामा कोरोना पुष्टि भएको हो । वडा नं ३ का ६० वर्षीय पुरुष, वडा नं ५ का ३९ वर्षीय महिला, वडा नं ३ का ३० वर्षीय पुरुष र  वडा नं ३ कै १२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

जनप्रतिनिधि र १२ वर्षीय पुरुषको कुनै ट्राभल हिस्ट्री नभएको र ३० वर्षीय पुरुष भने काठमाडौँबाट फर्किएका रहेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । कोरोना पुष्टि हुने सबै होम क्वारेन्टिनमा रहेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका वडा नं ४ का २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । डडेल्धुरा  अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण उनीहरु सबैमा कोरोना पुष्टि भएको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर