• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बार्सिलोना र रियलको हार, एथ्लेटिकोको सहज जित

एजेन्सी । स्पोनिस ला लिगाको गएरातिको खेलमा साविक बिजेता रियल मड्रिड नव प्रवेशीसँग पराजित हुंदा बार्सिलोना पनि बलियो प्रतिद्धन्दीसँग हार खान पुग्यो । रियलले घरेलु मैदानमा लय गुमायो भने बार्साले गेटाफेको होम ग्राउण्डमा हार बेहोर्यो । बार्साले गेटाफो तथा रियल मड्रिडले कार्डिच सँग समान १ ० गोलको हार खाएका हुन् ।

रियललाई घरेलु मैदानमा हार चखाउन कार्डिचका एन्थोनी लोजानोले  १६ औं मिनेटमा निर्णयक गोल गरे । बार्साको हारका लागि गेटाफेका माटाले ५७ औं मिनेटमा पेनाल्टी गोल गरेका हुन् । डि बक्स भित्र बार्साका मिडफिल्डर फ्रेंकी डि जोङले फल गरेपछि गेटाफेले पेनाल्टी पाएको थियो ।

खेलका रियलको जस्तै बार्सिलोनाको अवस्थामा पनि उस्तै रह्यो । उसले बलमा पडक त बनायो, तर उल्लेख्य प्रहार गर्न भने सकेन । 

शनिबार राति भएका अन्य खेलमा एट्लेटिको मड्रिड भने विजयी भयाे । लुइस सुआरेज र यानिक करास्कोले गोल गरेपछि एट्लेटिकोले सेल्टा भिगोलाई २–०ले हरायो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर