केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली 

काठमाडौं । कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ)ले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडसँग मिलेर डिजिटल कर्णालीका लागि काम गर्ने भएको छ । 

केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिज्मलाई बढावा दिने क्रियाकलापहरूको लागि काम गरिरहेको संस्था हो । वर्ल्डलिंक कम्युनिकेशन्सले नेपालका दुर्गम र ग्रामीण क्षेत्रमा आफ्ना सेवाहरू विस्तार गरिरहेको छ । 

केबीसीएफका अध्यक्ष राधेश पन्तले यस साझेदारीको महत्वमाथि जोड दिदै भनेका छन्, 'यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ, त्यसैले दीर्घकालीन र दिगो विकासको लागि एउटा बलियो आधारशिला निर्माण गर्नु महत्वपूर्ण छ । यस सम्बन्धमा डजिटल अर्थतन्त्रको लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो  पूर्वाधार हुनु महत्वपूर्ण हुनेछ । हाम्रो उद्देश्य यस क्षेत्रकालाई विकास प्रक्रियामा अगाडि बढ्नका लागी सहयोग गर्नु हो र यो अग्रगामी उद्देश्य प्राप्त गर्न वर्ल्डलिंक कम्युनिकेशन्स एक निर्विकल्प तथा विश्वासिलो साझेदार हो ।'

त्यस्तै, वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक दिलीप अग्रवालले भने, 'हामी विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, समिुदायिक समूह र व्यक्तिहरूको लागि इन्टरनेटको पहुँच पुर्‍याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने छौं । सबैका लागि, जहाँ पनि जतिबेला पनि जोडनेू हाम्रो संस्थाको मुल्य र मान्यता  सँग पुर्ण रुपले मेल खाएको हुँदा यो कार्यक्रमलाई पूर्ण रुपमा सघाउने छौ ।'

दुबै पक्षले रोजगारी सृजना र स्थानीय उद्यमी एवम मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पुर्याउन  आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सँगै मिलेर काम गर्ने वाचा गरेका छन्  । दुबै केबीसीएफ र वर्ल्डलिंकले स्थानीय उत्पादन र दिगो स्थानीय आपूर्तिको चक्रलाई सहयोग र समर्थन गर्न मद्दत गर्नेछ । यो रणनीतिक साझेदारीले केआरबीका व्यक्ति र समुदायहरूलाई डिजिटल रूपमा समर्थन गर्दै र समृद्धिलाई अगाडि बढाउन प्रेरणा दिदै एकसाथ अवसरहरू प्रदान गर्नेछ ।

कर्णाली बेसिन संरक्षण फाउन्डेशन के हो ?

नेपालमा युएसएआईडीको पानी परियोजनाको सहयोगमा डीएसभी सल्लाहकारहरू ९डोल्मा सल्लाहकार प्राइवेट लिमिटेड, सफल पार्टनर्स  र भिरोक एन्ड कम्पनी प्राइवेट लिमिटेडको संयुक्त लगानी कम्पनी० ले केआरबीमा प्रशस्त लगानी गरी इकोसिस्टम विकसित गर्न मद्दतको लागि केबीसीएफको सिर्जना गर्‍यो, जैविक विविधता संरक्षण र न्यायसंगत विकासमा ध्यान केन्द्रित गर्दै। लामो अवधिको लागि केबीसीएफले आर्थिक रूपले फस्टाउने कर्णाली नदी बेसिन निर्माण गर्ने लक्ष्य राखेको छ जसले संरक्षण र विकासलाई सन्तुलनमा राख्दै निजी क्षेत्रको विकासको माध्यमबाट आत्मनिर्भरताको लागि नेपालको यात्रामा सहयोग पुर्‍याउँछ।

वर्ल्डलिंक विगत २५ वर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी हो। यस कम्पनीले सक्रिय रूपमा नेपालका ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर इन्टरनेट सेवा प्रदान गर्दै आईरहेका छन । इन्टरनेट बाट वञ्चित भएका क्षेत्रमा इन्टरनेटको पहुँच पुर्‍याउदै,  इन्टरनेटको पहुँच भएको र  नभएको बिचको असमानता कम गर्ने लक्ष्य राखेकोछ। यो कार्य सँधै जारी रहने छ । उत्कृष्ट सेवा प्रदान गर्न र विकासको लागी यो कम्पनी संधै प्रतिबद्ध रहनेछ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर