• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

गस्तीमा गएका प्रहरी असईको शव खोलामा, जवान वेपत्ता

कैलाली ।  कैलालीको जुगेडास्थित अस्थायी पोष्टबाट गस्तीमा गएका दुई प्रहरी मध्य एकको शव भेटिएको छ भने एक वेपत्ता छन् ।  

शनिबार राति मोटरसाइकलमा गस्ती गएका मध्य पोष्टका असई गोविन्द बिकको शव फेला परेको छ भने जवान रामबहादुर साउद अझै वेपत्ता रहेको कैलाली प्रहरीले जनाएको छ । 

उनिहरु शनिबार राति मोटरसाइकलमा चढेर गस्तीमा गएको सूदुरपश्चिम प्रहरी कार्यालयले पुष्टि गरेको छ ।  

असई विकको शव मोहना नदीको बीचमा भेटिएको छ । जुगेडाबाट गस्तीमा गएको टोली सम्पर्कमा नआएपछि खोजतलास शुरु भएको थियो । विहान स्थानीयले नदीको बीचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले हत्या भएको हुन सक्ने बताए । स्थानीयका अनुसार खुला सिमाना भएकाले यो नाकाबाट अवैध रूपमा तस्करी हुँदै आएको छ । यो तस्करीको मुख्य नाका हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर