कोरोना संकट : झापामा दशैंभर निषेधाज्ञा

झापा । झापामा स्थानीय प्रशासनले कोजाग्रत पूर्णिमा सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । आजदेखि कार्तिक १४ गते पुर्णिमासम्म पसल अनिवार्य ८ बजे बन्द गर्नुपर्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड क्राइसेस मेनेजमेन्ट सेन्टरको बैठकले बेलुका ८ बजे पछी सबै खाले सवारी साधन, पसल बन्द गर्ने निर्णय गरेको छ । यस्तै नवमी सम्म मठमन्दिरमा नित्य पुजा गर्ने पुजारी बाहेक अरुलाई प्रवेश नदिने, घरेलु मदिरा उत्पादन गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीनाले जारी गरेको निषेधाज्ञामा मेला, महोत्सव, तास जुवा जस्ता गतिविधी नगर्न आग्रह गरिएको छ । यस्तै सबैलाई घर भित्रै बसेर चाडपर्व मनाउन आग्रह गरिएको छ । यसैगिर ध्वनी प्रदुषण हुने गतिविधि नगर्न नगराउन भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर