• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

ओखलढुङ्गामा कैदीलाई सांसदको खसी उपहार

ओखलढुङ्गा ।  प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले यहाँका कैदीबन्दीलाई खसी उपहार दिएका छन् । दशैँका अवसरमा सांसद सुनुवारले जिल्ला कारागार ओखलढुङ्गामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी हस्तान्तरण गरेका हुन् । 

विभिन्न घटनामा संलग्न भएर कानूनबमोजिम कारबाही भोगिरहे तापनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीलाई सम्झिएको सांसद सुनुवारले बताए । 

कारागारमा फुर्सदमा बस्दा क्षमता विकास गर्न सांसद सुनुवारले कैदीबन्दीलाई सुझाव दिए ।  पुस्तक पढ्ने, रेडियो सुन्ने, विभिन्न सीपमूलक काम सिक्ने जस्ता कार्य गरेर आफ्नो क्षमता बढाउन सकिने उनको भनाइ थियो । सांसद सुनुवारले २०७० सालदेखि दशैँका समयमा कैदीबन्दीलाई खसी सहयोग गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर