• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

प्रधानमन्त्रीको चेतावनी– धेरै विवाद गरे लखनपुरमा अब रङ्गशाला बन्दैन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै बिबाद उठाईरहने हो भने झापाको कमल गाउँपालिकामा बन्ने भनिएको रङ्गशाला नबने संकेत गरेका छन् । 

विकासका काममा ब्यवधान निकाल्नेहरु आए, ओलीले भने, “यतिबेलासम्म हाम्रो भव्य रंगशाला तयार भइसक्ने थियो ।” उनले काम हुन नदिने बहादुरी नहुने बताउदै भने, “त्यस ठाउँमा बन्दैन भने अन्यत्र सारिन्छ, तर रंगशाला बन्छ, अहिले रंगशाला निर्माण गरिने ठाउँमा अरु थौकै बन्छ ।” आज झापाको दमकस्थित दमक अस्पताल भवनको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उनले विकासे काममा राजनीतिक दलले संर्किणता नराख्न अनुरोध समेत गरे ।

लखनपुरमा आदीबासी रंगशाला र मदन भण्डारी रंगशाला राख्ने बिषयमा नामकै विवादका कारण रंगशाला निर्माणले गति लिन सकेको थिएन । नेकपा पक्षधर मदन भण्डारी रंगशाला राख्नुपर्ने मागमा छ भने नेकपा इतरका दलहरु भने आदीबासी रंगशाला निर्माण गर्नुपर्ने पक्षमा छन् । 

२०६७ सालमा चिहान भत्काएर रंशगाला निर्माणको काम शुरु भएको थियो । तत्कालिन रक्षामन्त्री भएका बखत हालकी राष्ट्रपति समेत ररहेकी विद्यदेबी भण्डारीले सो रङ्गशालाको शिलान्यास गरेकी थिईन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर