• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्राकृतिक चिकित्सालयमा उपचार गरेर १ सय बढी कोरोना मुक्त

चितवन । भरतपुर महानगरपालिकाको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा केन्द्रको आईसोलेसना उपचाररत एक सयभन्दा बढी अहिलेसम्म कोरोनामुक्त भएर घर फर्किएका छन् । 

चितवनको देवघाटमा रहेको बागेश्वरी प्राकृतिक चिकित्सालयलयले स्थापनाको छोटो समयमा नै कोरोना संक्रमितलाई निको पारेको छ । यस चिकित्सालयमा रहेका र निको भएर घरमा फर्किएकाहरुले राम्रो व्यस्थापन भएको बताएका छन् । 

करिब एक महिनाको अवधिमा ९० जना संक्रमित यहाँबाट निको भएर गएको चिकित्सालयले जनाएको छ । सुरुमा व्यवस्थापनका लागि संघर्ष गरे पनि अहिले भने निकै सहज भएको चिकित्सालयका खाना व्यवस्थापन समित संयोजक एवं चिकित्सालयकी कोषाध्यक्ष रुपा पिया बताउछीन् । 

यहाँ ४८ वटा कोठामा दुईदेखि तीनजनाका दरले संक्रमितलाई राखिएको पियाले बताईन । १६ वटा हलमा ८ देखि १० जनाको दरले संक्रमितलाई राखिएको छ । चिकित्सालयमा आएका संक्रमित अहिलेसम्म बढीमा १२ दिनमा  संक्रमणमुक्त भएर घर गएको उनले बताएकी छन् ।  

उनले भनिन् ‘संक्रमितहरूलाई काउन्सिलिङ्ग गर्ने, मोटिभेसन गर्ने गरेका छौं, हामी आफैं पनि विहान ४ बजेबाट राति १० बजेसम्म खटेका छौं, संक्रमितहरु पनि खुसी हुनुभएको छ ।’ 

चिकित्सालयले प्राकृतिक उपचार र विधिबाट नै संक्रमितहरुको उपचार गर्दै आएको छ । हरेक बिरामीलाई तातोपानी उमाल्ने भाँडो दिएको छ । उनीहरुलाई दिनमा तीनपटक नुनपानीले कुल्ला गर्न लगाइन्छ । तुलसीको पात, निम, मरिच, गुर्जो, राखेर पानी तताएर पिउन र त्यसको बाफ लिन लगाइन्छ । नाकभित्र नुनपानी राखेर सफा गर्ने विधि जलनेती गराइन्छ । यसो गर्दा भाइरसको मात्रालाई घटाउन ठूलो सहयोग पुग्ने र संक्रमितहरु चाँडो संक्रमणमुक्त हुनुका साथै अन्यमा सर्ने सम्भावना पनि कम हुने पियाको दावी रहेको छ । 

बिहान नित्यकर्म गरिसकेपछि सबैजना संक्रमितलाई चिकित्सालय अगाडिको चौरमा भेला योग र ध्यान गर्न लगाईन्छ ।  

तीन वर्षीया बालिकादेखि ६५ वर्षसम्म उमेर समूहका बिरामी यहाँ आएका छन् । बिहान नास्ता, खाना खाजा र खाना गरी चारपटक बिरामीलाई खानेकुरा दिने गरिएको छ । 

चिकित्सालयमा संक्रमितबाहेक सुरक्षाकर्मीसहित ३३ जना कर्मचारीहरु नियमित बस्दै आएका छन् । उनीहरुको खानपान र व्यवस्थापनको खर्च पनि त्यसमै समेटिएको चिकित्सालयका कोषाध्यक्ष पियाले बताईन् । 

सबै स्थानीय तह, प्रशासन, प्रहरी, राजनीतिक दल, नागरिक समाज सबैको साथ र सहयोगले कोरोना संक्रमितको उपचार सहज रुपमा गर्न सकेको उनको भनाई रहेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर