सांसद पाेखरेलले भने- चितवनमा अव सडक र ढल संगसंगै बन्छन्

चितवन । प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले आज भरतपुर महानगरपालिका वडा नम्वर ११ को बसेनी लामाटोल सडक खण्डको अवलोकन गरेका छन् । संघिय सरकारको तिन करोड रुपैयामा निर्माण हुदै गरेको सडक खण्डको निरीक्षण पछि प्रतिनिधिसभा सदस्य पोखरेलले आउदा दिनमा बाटो बनाउदा पहिला ढल निर्माणलाई पहिलो प्राथमिकता दिने बताए । 

स्थानियसंग अन्तरक्रिया गर्दै प्रतिनिधिसभा सदस्य पोखरेलले यस वर्ष भएको लगातारको वर्षाले धेरैलाई सचेत गराएको भन्दै आउदा दिनमा ढलसंगै सडक निर्माण हुने बताएका हुन् । गएको वर्षा याममा चितवनको धेरै भूभाग डुबानमा परेको थियो ।

प्रतिनिधिसभा सदस्य पोखरेलले अहिलेको सरकारले विकासका कामलाई प्राथमिकता दिएको दावी गर्दै आवश्यकताको आधारमा विकासका पूर्वाधार निर्माण गर्दै लौजाने काम गरेको जानकारी दिए । अवलोकनका क्रममा सडकको कार्यप्रगति संतोषजनक पाईएको उनले बताएका छन् ।

अहिले कोरोनाको संक्रमण बढ्रदै गएको भन्दै सुरक्षीत तरिकाले चाडपर्व मनाउन प्रतिनिधिसभा सदस्य पोख्रेलले आग्रह पनि गरे । संक्रमितहरलाई घृणा नगरी माया सदभाव कायम गरी मनोबल बढाउने काम समुदायबाट नै हुनुपर्ने उनको भनाई छ । 

सो अवसरमा उनले नेपालीहरुको महान पर्व वडा दशै, तिहा, छठ लगाएतका पर्वहरुको शुभकामना समेत दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर