• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

रंगशाला बनाउन धुर्मुस–सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरले दियो २ करोड  

चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउण्डेशनलाई थप १ करोड ५० लाख सहयोग गरेको छ । आईतबार महानगर प्रमुख रेणु दाहालले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेश धुर्मसलाई चेक हस्तान्तरण गरिन् ।

यसअघि असोज १३ गते महानगरले ५० लाख सहयोग दिएको थियो । यो संगै महानगरले चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन फाउण्डेशनलार्ई २ करोड सहयोग गरेको हो ।

मेयर दाहालले भनिन्,  कृकेट रंगशाला निर्माणका लागी भरतपुर महानगरपालिका बाट आज धुर्मुश सुन्तलि फाउण्डेसनलाई १ करोड ५० लाख थप सहयोग प्रदान।

कोरोना भाईरस (कोभिड १९ महामारीको कारणले गत २०७६ साल चैत्र ९ गते देखी स्थगित रहेको गौतम बुद्घ अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य २०७७ साल बैशाख २० गते देखी आंशिक रुपमा सञ्चालनमा रहेको छ ।

रंगशाला निर्माण अभियानको शुरुवात देखी मिति २०७७ साल जेष्ठ २५ गते बाट भएको हो ।  फाउण्डेशनले यस विसम परिस्थितिमा पनि रंगशाला निर्माणको अभियानमा स्वदेश तथा विदेशमा रही साथ सहयोग गर्ने सवैलाई धन्यवाद दिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर