• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 09:28 am

पाकिस्तानको लाहोरस्थित एक इलेक्ट्रोनिक बजारमा आगलागी, दर्जनौं पसलहरू जले

इस्लामावाद । पाकिस्तानको पूर्वी शहर लाहोरको एक प्रसिद्ध इलेक्ट्रोनिक्स बजारमा आगलागी हुँदा दर्जनौ पसरलहरू जलेका स्थानीय सञ्चारमाध्यम तथा उद्धारकर्मीहरूले बताएका छन् । 

रिपोर्टका अनुसार शहरको गुलबर्ग मेन बुलेभार्ड क्षेत्रमा अवस्थित हाफिज सेन्टर नामको बहुमंजिला प्लाजाको दोस्रो तल्लामा आगलागी भएको हो ।

समाचार तयार पार्दासम्ममा उद्धार टोली तथा तथा अग्नि नियन्त्रण अधिकारीहरू घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका थिए । उद्धारकर्मीहरूले सञ्चारमाध्यमलाई जनाएअनुसार आगलागी भवनको दोस्रो तल्लाका पसलहरूबाट सुरु भै अन्य तलामा फैलिएको थियो । उक्त तलामा ल्यापटप, मोबाइल फोन र अन्य इलेक्ट्रोनिक सामानहरू राखिएको थियो ।

टोलीले भवनको छानामा सहयोगको लागि याचना गरिरहेका मानिसहरूलाई उद्धार गरिरहेको छ ।प्राप्त जानकारी अनुसार करीब ६० अग्नि नियन्त्रकले स्थानीयको सहयोगमा उद्धारका लागि खटिरहेका र थप टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ । 

पसलमा विद्युत चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । ल्यापटप र मोबाइल फोनलगायतका इलेक्ट्रोनिक उपकरणहरू जल्दा आगो तीव्रत फैलिएको थियो । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हुलाक मतको मुद्दामा पनि ट्रम्पले हारे

  • १४ मङ्सिर, २०७७

एजेन्सी । हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध नै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा

इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी

  • १४ मङ्सिर, २०७७

एजेन्सी । इथियोपियाका प्रधानमन्त्री अबी अहमदले इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी गर्नुभएको छ । इथियोपियाको

यमनमा सैनिक र हुथी विद्रोहीबीच झडप, १३ जनाको मृत्यु

  • १४ मङ्सिर, २०७७

एजेन्सी । यमनमा सैनिक र हुथी विद्रोहीबीचको झडपमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।अभियान प्रान्तमा भएको झडपमा सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई