• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

 विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ । वल्डोमिटर्सको सोमबार बिहान साढे ५ बजेको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २५ लाख ९ हजार ८ सय ७७ पुगेको छ । 

विश्वमा एकैदिन ३ लाख २० हजार ५ सय ६५ जना नयाँ संक्रमित पुगेसंग्ै यो संख्या पुगेको हो । 

त्यस्तै कोरोना संक्रमणबाट एकैदिन  ३ हजार ८ सय ९९ जना मानिसको मृत्यु भएको छ । यसरी विश्वमा कोरोनाबाट ममृत्यु हुनेको संख्या ११ लाख १८ हजार ९८ पुगेको छ । 

विश्वमा नीन करोड ९५ लाख ४ सय १३ जना संक्रमित उपचारपछि निको भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर