• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

विश्वका तीन करोड बढी मानिस कोरोना संक्रमण मुक्त 

काठमाडौं ।  विश्वमा  तीन करोड मानिस कोरोनालई जितेर उपचारपछि घर फर्केका छन् । 
वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा तीन करोड १० लाख १ हजार २ सय २९ जना संक्रमित कोरोना मुक्त भएका छन् । 

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २५ लाख ९ हजार ८ सय ६४ पुगेको छ । 

त्यस्तै कोरोना संक्रमणको कारण विश्वमा ११ लाख १८ हजार ९५ जना मानिसको ज्यान गएको छ । 

सबै भन्दा धेरै संक्रमित अमेरिकामा छन् भने त्यहीमा धेरै मानिस उपचारपछि निको भएका छन् । तथ्यांक अनुसार अमेरिकामा ८३ लाख ८७ हजार ४६ जनामा संक्रमण छ भने २ लाख २४ हजार ७ सय २८ जनाले ज्यान गुमाएका छन् । 

त्यस्तै संक्रमित ५४ लाख ५७ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर