• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

एकल महिला, दलित र गरीबलाई राहत

खोटाङ ।  रावाबेँसी गाउँपालिकाका एकल महिला, दलित र गरीब घर परिवारलाई चाड मनाउन राहत सामग्री उपलब्ध गराइएको छ । नजिकिँदै गरेको चाड दशैँतिहार तथा छट पर्व मनाउन गाउँपालिकाले प्रतिघर परिवार ३० किलोग्राम चालम, दुई किलोग्राम दाल, दुई लिटर खानेतेल, दुई किलोग्राम नुन र एक डल्ला हात धुने साबुन उपलब्ध गराएको हो । 

गाउँपालिकाभित्र बसोबास गर्दै आएका ४१५ घर एकल महिला, दलित र गरिब परिवारलाई रु नौँ लाख ६३ हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर