उपसभामुख घर्तीको दशैँ भत्ता दुई वटा आश्रम र दुइ जना पिडितलाई सहयोग

सुर्खेत । कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती विष्टले आफुले पाउने एक महिना तलब बराबरको दशैँ भत्ता रकम  सुर्खेतमा रहेका दुइ वटा आश्रम र कर्णालीका दुइ जना पिडितलाई सहयोग गरेकी छन् । 

दशैँको अबसरमा कर्णाली प्रदेश सभाको निमावलि व्यावस्था अनुसार पाउने १ महिना बराबरको तलवबाट सुर्खेतमा रहेको मानव सेवा आश्रम, प्रशान्ति बृद्धा आश्रमलाई १५÷१५ हजार  र नेपाल पत्रकार महासघंका पूर्व केन्द्रीय सचिब तथा नन् स्टम खवरका प्रधान सम्पादक जाजरकोट स्थाई घर भएका प्रभात चलाउने र कालिकोट स्थाई घर भएका  मृगौला पिडित पूर्व जनमुक्ति सेना बटालियत कमाण्डर नरेन्द्र बोहोरा अभियानलाई १०÷१० हजारको सहयोग गरेकी हुन् । 

कोरोना महामारीका कारण मानिसहरुमा निराशा छाएको छ, यस्तो अबस्थामा सबैले मिलेर यो पटकको दशै मनाउनको लागि  दशै खर्च बापत पाउने रकम केहि कर्णालीका पिडित साथिहरुको लागि र सुर्खेतमा रहेका दुइ वटा आश्रममा खर्च गरेको उपसभामुख घर्तीले  बताइन् ।

उपसभामुख घर्तीले गरेको सहयोगले मानवसेवा आश्रम सुर्खेतलाई धेरै ठुलो सहयोग पुगेको मानव सेवा आश्रम कर्णाली प्रदेश संयोजक तथा केन्द्रीय सदस्य सिर्जना वलीले बताइन् । 

‘यो मानव सेवा आश्रम कुनै विदेशी सस्थाको सहयोग बाट नभएर उपसभामुख घर्ती जस्तै नेपाली परोपकारी मनहरुले सहयोग गरेर नै यहाँ पुगेको हो, ‘संयोजक वलीले भनिन्,।’

‘मैले मानव सेवा आश्रम, प्रशान्ती बृद्धा आश्रम  र कर्णालीका दुइ जना पिडितहरुलाई सानो भए पनि आर्थिक सहयोग गर्न पाउदा निकै खुसि लागेको छ, ‘उपसभामुख घर्तीले भनिन्,‘आउने दिनहरुमा पनि कर्णालीका पिडितहरुलाई सके जति सहयोग गर्ने छु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर