• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कार्तिक १६ गतेदेखि हुने भनिएको लोक सेवा आयोगको सबै परीक्षा स्थगित

काठमाडौँ । लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षामा सम्मिलित हुने उम्मेदवारहरुमा सिर्जना भएको भए एवं आयोगका कर्मचारीहरु समेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरु समेत बन्द गर्नु परेको र कर्मचारीहरु आइसोलेसनमा रहेका कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउनु एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भएको आयोगद्वारा सोमबार जारी सूचनामा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर