• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

गृहले भन्यो– दशैँको समयमा कर्फ्यू लाग्ने भन्ने हल्ला निराधार

काठमाडौं । गृह मन्त्रालयले  विभिन्न सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमहरुमा कर्फ्यु लाग्ने भन्दै आएको सूचना गतल र तथ्यहीन भएको जनाएको छ । 
सुरक्षा संवेदनशीलतलाई जोडेर कर्फ्यु लगाइने भन्ने हल्ला भएपछि गृह मन्त्रालय सोमवार सुचना जारी गर्दै यस्ता हल्लाहरु निराधार, गलत भएको जानकारी दिएको हो। 
गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जारी गरिएको सुचनामा भनिएको छ, उक्त सुचना तथ्यहीन, भ्रामक, निराधार  र गतल भएको व्यवहोरा सम्बन्धित सबैको लागि सुचित गरिन्छ।
गृह मन्त्रालयले यस्ता गलत सुचना फैलाउनेहरुको खोजी तथा आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको समेत जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर