• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

मन्त्री नेम्वाङलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ कोरोना संक्रमण पुष्टि भएको छ । 

हिजो स्वाब संकलन गरेर गरिएको पिसिआर परिक्षणको आज आएको परिणाम अनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक संजालमा लेख्दै मन्त्री  नेम्वाङले कोरोना नतिजा पोजिटिभ आएको बताएका छन्।

‘आजको पिसिआर परीक्षण रिपोर्टमा म मा पनि कोरोना पोजिटिभ देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ़्नो स्वास्थ्यको ख्याल  गर्नुहुन आग़्रह गर्दछु।’

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेका छन्।

यसअघि संघीय सरकारका पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि संक्रमण भएको थियो।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर