• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । 
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए । 

उनले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरे । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने, अधिकार क्षेत्र तोक्ने र काठमाडौं मुकाम रहने गरी श्रम अदालत गठन निर्णय भएको जानकारी दिए । अदालतको अध्यक्षमा रामप्रसाद ओली र सदस्यमा प्रेमकुमार राई र नीशा बानियालाई नियुक्त गरिएको छ । 

त्यस्तै  नेपाली सेनाका प्राविधिक महासेनानी गजेन्द्रनाथ कर्माचार्यको पदावधि थप गर्ने निर्णय बैठकले गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।  मन्त्रिपरिषद् बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्चालनमा सहजता भएको भन्दै लकडाउन हुनुअघिकै भाडादर कायम गर्ने निर्णय गरेको छ । प्रवक्ता गुरुङका अनुसार आन्तरिक हवाई उडानमा पनि सोही व्यवस्था लागू गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर