गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण

गण्डकी ।  गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए । 

थपिनेमा कास्कीका २७, स्याङजाका चार र तनहुँका एक जना छन् । सङ्क्रमित सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनकबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ । 

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर