‘कुमकुम भाग्य’ की कलाकार जरिना रोशनको निधन 

एजेन्सी ।   टेलिचलचित्र ‘कुमकुम भाग्य’ तथा ‘ए रिश्ता क्या कहलाता है’ मा अभिनय गरेर चर्चामा रहेकी कलाकार जरिना रोशन खानको निधन भएको छ।

कलाकार सृति झा तथा शब्बीर अहलुवालियाले सामाजिक सञ्जालमार्फत् उनको निधनमा शोक व्यक्त गरेका छन्।

कुमकुम भाग्यमा ‘इन्दु दादी’ को भूमिका निर्वाह गर्ने जरिना रोशन खानको हृदयघातबाट निधन भएको बताइएको छ। उनको ५४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर