• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

गुगलविरुद्ध अमेरिकी सरकारले दायर गर्‍यो मुद्दा

एजेन्सी । अमेरिका सरकारले इन्टरनेटमा सर्च (खोजी) इन्जिन गुगलविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लंघन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार कायम गरेको आरोपसहित अमेरिका सरकारले गुगलविरुद्ध मुद्दा दायर गरेको हो । गुगलले एकाधिकार अन्त्य गर्ने प्रतिस्पर्धा सम्बन्धी कानून उल्लंघन गरेको आरोप उजुरीमा छ।

गुगलले मुद्दालाई गम्भीर रुपले त्रुटीपूर्ण भनेको छ । कम्पनीले आफ्ना कुनै पनि सेवाहरु पूर्णतः प्रतिस्पर्धात्मक रहेको र पहिलो प्राथमिकतामा जहिले पनि प्रयोगकर्ता नै रहने गरेको बताएको छ ।

अमेरिकी नियामक निकायबाट कुनै पनि प्रविधि कम्पनीमाथिको यो अहिलेसम्मकै प्रमुख मुद्दा हो। एक वर्ष भन्दा लामो समय अनुसन्धान गरेपछि प्रविधि क्षेत्रको ठूलो कम्पनी गुगलविरुद्ध उसले अमेरिका र विश्वभर गरेका प्रयासलाई निशाना बनाई मुद्दा दायर भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर