• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवलाई हृदयघात, अस्पताल भर्ना 

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान ६१ वर्षीय कपिल देवलाई हृदयघात भएको छ ।

उनलाई हृदयघातपछि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको एन्जिओपाल्टी गरिएको छ। उनको स्वास्थ्य अहिले खतरामुक्त रहेको बताइएको छ।

कपिल देवकै नेतृत्वमा भारतले पहिलो पटक सन् १९८३ मा क्रिकेट विश्वकप जितेको थियो।हरियाणाका देवले सन् १९७८ देखि १९९४ सम्म भारतीय टिममा रहेर क्रिकेट खेलेका थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर