• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

दशैँ विदामा पनि केएमसीमा धमाधम कोरोना परीक्षण, पीसीआर ल्याब २४ घण्टा खुल्ने

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दशैं विदामा पनि पीसीआर परीक्षण गर्ने भएको छ । धेरैजसो पीसीआर ल्याबहरु दशैंका कारण शुक्रबारबाट बन्द भएको भएपनि केएमसीले भने दशैंको विदामा पनि कोरोना परीक्षण जारी राखेको हो ।

कोरोनाको महामारीका बेला पीसीआर परीक्षण रोकिँदा सर्वसाधरणलाई समस्या हुँने भएकाले दशैं विदामा पनि २४ सैं घण्टा पीसीआर ल्याब खुल्ला गर्ने व्यवस्था मिलाईएको काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा.सुनिल शर्माले बताए । ‘अहिले जटिल अवस्था भएकाले दशैं बिदामा पनि पीसीआर परीक्षण नियमित गर्ने व्यवस्था मिलाएका छौं ।’ डा.शर्माले भने–‘२४ सैं घण्टा हाम्रो ल्याब खुल्ला हुन्छ । अहिले पनि धमाधम पीसीआर परीक्षण भईरहेको छ ।’

केएमसीको सिनामंगल र दुवाकोटका दुबै अस्पतालबाट स्वाब संकलन गरेर १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गरिदै आएको छ । गत असार १४ गतेबाट पीसीआर परीक्षण थालेको केएमसीले हालसम्म ३२ हजार भन्दा बढी स्वाब परीक्षण गरिसकेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर