नेहा र रोहनप्रितको मेहेन्दीको तस्बिर भाइरल, एक घण्टामै १ मिलियन लाइक

काठमाडौं । चिर्चित गायिका नेहा कक्कड २४ अक्टोबरमा राइजिङ स्टार गायक रोहनप्रितसँग विवाह गदैछिन् । दुबैको विवाहको केही घण्टा बाँकी छ । यस अवसरमा मेहेन्दी र हल्दीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।  

गायिका नेहा कक्कडले सामाजिक सञ्जालमा सेयर गरेको उक्त तस्बिर भाइरल भएको छ । जसमा एक घण्टामै १ मिलियन भन्दा धेरै लाइक आएको छ भने ११ हजार बढीले कमेन्ट गरेका छन् । 

भारतीय मिडियामा केही महिना अगाडी मात्र नेहा र रोहनप्रित प्रेममा रहेको खबर सार्वजनिक भएको थियो । तर विवाहको कुरा केवल गीतको प्रचारको लागि भनिएपछि नेहाले नै रोहनप्रितसँग प्रेममा रहेको कुरा सार्वजनिक गर्न तस्बिर सेयर गरेकी थिइन् ।

यी जोडी भोली बैवाहिक जीवनमा बाधिँदै छन् । विवाहको लागि नेहा कक्कडको परिवार दिल्ली पुगेको छ । जहाँ विवाहको भव्य तयारी भएको भारतीय मिडियाले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर