आजको मौसम दिनभर कस्तो रहला ?
काठमाडौं । देशका अधिकांश क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालादेश आसपासमा न्यून चापीय क्षेत्र विकास भएकाले त्यसको सामान्य प्रभाव परेको हो ।
प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिकृया दिनुहोस