• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भिडभाडमा अन्धाधुन्ध गोली चलाउन बन्दुक किनेर दिनेलाई २० वर्ष कैद सजाय

एजेन्सी । मानिसहरुको भिडभाड रहेको क्षेत्रमा अन्धाधुन्ध गोली चलाउन बन्दुक किनेर दिने व्यक्तिलाई २० वर्ष जेल सजाय भएको छ । 

सन् २०१५ मा क्यालिफोर्नियामा एक दम्पतिले अन्धाधुन्ध गोली प्रहार गर्दा १४ जनाको ज्यान गएको थियो भने २२ जना घाइते भएका थिए ।

सैयद रिजवा फारुक र तश्फीन मलिक नाम गरेका दम्पतीले गोली चलाएका थिए । उनीहरुलाई बन्दुक किनेर दिने २८ वर्षका एन्ड्रिक मार्क्वेज जुनियरलाई अदालतले २० वर्षको सजाय सुनाएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर