• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 10:47 am

कोरोनाबाट पोखरामा थप चार जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट हालसम्म मुत्यु हुने ६३ जना पुगेका छन् । मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात, स्याङ्जाका पाँच, लमजुङ र बागलुङका तीनतीन तथा म्याग्दीका दुई जना छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोभिड–१९¬¬ बाट पोखरा महानगरपालिकामा एक महिलासहित  थप चार जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका –१ का ४२ वर्षीय कोरोना संक्रमित  पुरुषको शुक्रबार चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । असोज ३० गते निमोनियाको पनि उपचारका लागि अस्पताल भर्ना भएका उनमा कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो । 

त्यसै गरी पोखरा– २२ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान ०९ः३० बजे गण्डकी मेडिकल कलेज पोखरामा  निधन भएको छ ।  कात्तिक  ६ गते कोरोनाको संक्रमण पुष्टि भएका कोभिड–१९ सहित निमोनियाको समस्या भएका उनलाई कात्तिक ७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।  

पोखरा– ३१ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा  उपचारका क्रममा मृत्यु  भएको छ । कात्तिक ७ गते  कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका उनमा कोभिड–१९ सहित  निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

त्यस्तै पोखरा– १५ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार राति पोखरा  प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई शनिबार नै कोरोनाको संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिराटनगरमा कोरोना संक्रमित ५५ वर्षीय पुरुषको मृत्यु

  • १४ मङ्सिर, २०७७

काठमाडौं । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार शनिबार राती ११ बजे उपचारका क्रममा

सौराहामा पर्यटक भित्र्याउन अभियान चलाइने

  • १४ मङ्सिर, २०७७

चितवन । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन,

 दशरथचन्द नगरप्रमुखसहित १८ जनामा कोरोना

  • १४ मङ्सिर, २०७७

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा