• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 09:58 am

संक्रमितलाई सङ्क्रमितबाटै दशैँको टीका

तुलसीपुर । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ।अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उनीहरुलाई टीका लगाइदिएका हुन्।

संक्रमितले यस वर्ष दसैं मनाउन नपाएकाले अस्पतालमै भए पनि टीका लगाइदिएको व्यवस्थापक वलीले बताए।“यस वर्ष कोरोनाले गर्दा दशैँको रौनक छैन, धेरै व्यक्ति अहिले कोरोना संक्रमित हुनुहुन्छ, त्यसैले दसैं मनाउन पाउनु भएन,” उनले भने,“संक्रमितको थप आत्मबल वृद्धि गर्नका लागि पनि हामीले टीका लगाइदिएका हौं।”

व्यवस्थापक वली आफैँ पनि कोरोना संक्रमित हुन्। आफूसहित अहिले अस्पतालमा १८ संक्रमित रहेको उनले बताए। “म आफैं पनि कोरोना संक्रमित हुँ, अहिले अस्पतालमा म पनि उपचारकै क्रममा छु,” उनले भने।

अहिले पाँच जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ। पछिल्लो समय लक्षणसहितका संक्रमित देखिएका छन्।

अहिले अस्पतालमा रहेका १८ जनालाई नै अक्सिजन दिनुपर्ने अवस्था रहेको व्यवस्थापक वलीले बताए। दसैंका समयमा पनि स्वास्थ्यकर्मी अहोरात्र खटिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नुवाकोटमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ

  • १४ मङ्सिर, २०७७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बन्दुक लिएर

पुनः निर्माणका सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुने

  • १४ मङ्सिर, २०७७

काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले

कक्षा १२ को परीक्षामा बेथिति : १३ घन्टा अघि नै प्रश्नपत्र आउट

  • १४ मङ्सिर, २०७७

काठमाडौं ।  मंसिरदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएको खुलेको छ