• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 10:38 am

पहिरो पीडित परिवारलाई सहयोग

वालिङ । स्याङ्जाको वालिङ १४ तमादीका पहिरो पीडितलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ । गत असोज ८ गते घरमाथिबाट आएको पहिराले पुरिएर एकै घरमा नौ जनाको पुरिएर ज्यान गएकाको परिवार र विस्थापित परिवारलाई आइतबार रु. दुई लाख ३० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको समाजका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले बताए । 

रोजगारीको सिलसिलामा विदेशमा बस्ने नेपालीहरुको छाता सङ्गठनकोरुपमा रहेको समाजको वैदेशिक शाखा दक्षिण कोरिया, दोहा कतार, स्पेन, अमेरिका र साउदी अरबमा गठन भएका समितिहरुमार्फत सङ्कलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

 सहयोगस्वरुप सङ्कलन भएको रकममध्येबाट नौ जना परिवार गुमाएका भोजराज र मनिषा नेपालीलाई रु. एकलाख १० हजार र उक्त पहिरामा घर पुरिएर विस्थापित भई छिमेकीको घरमा आश्रय लिएर बसेका चार परिवारलाई प्रति परिवार रु. ३० हजारका दरले रु. एक लाख २० हजार उपलब्ध गराइएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । पहिराले घर पुरिँदा एकै घरका नौ जनाको मृत्यु भएको थियो भने अन्य चार घर परिवार विस्थापित भएका छन् । –––

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने

  • १४ मङ्सिर, २०७७

काठमाडौँ । लमजुङ र गोरखा जिल्लाको सीमा भएर बग्ने चेपे खोलामा झण्डै नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ

नुवाकोटमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ

  • १४ मङ्सिर, २०७७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बन्दुक लिएर

पुनः निर्माणका सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुने

  • १४ मङ्सिर, २०७७

काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले