• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 10:37 am

नियम उल्लङ्घन गरेको आरोपमा बेहुलीलाई १३ हजार  बेलायती डलर जरिवाना

लन्डन । बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको लण्डनबाट प्रकाशित इभ्निङ स्ट्याण्डर्ड दैनिक पत्रिकाले आइतबार उल्लेख गरेको छ।

विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्नेगरी धरौटीमा रिहा गरेको छ ।प्रहरीले आफूहरूलाई स्थानीय वासिन्दाले विवाहमा कोभिड–१९ नियन्त्रणका लागि तय गरेको नियम उल्लङ्घन गरेको भनी सूचना गरेपछि छापा मारेको थियो ।

विवाहमा दुलही र एक अन्य व्यक्तिलाई कोरोनाभाइरस नियन्त्रण कानून अनुसार जरिवाना हुनसक्ने बताइएको छ ।

पत्रिकाले जासुस प्रहरी सुपरिन्टेन्डेन्ट निक्की आरोस्मिथलाई उद्धृत गरी भनेको छ, ‘यो घटना कोभिड–१९ कानुनको जानाजानी उल्लङ्घन भएको र यसका कारण सङ्क्रमणको फैलिने सम्भावना थप हुने भएकोले उनलाई जरिवाना गर्न सिफारिस गरिएको छ ।’


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

परमाणु बैज्ञानिकको हत्याको बदला लिने इरानको चेतावनी

  • १४ मङ्सिर, २०७७

एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीले शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्याको बदला लिन आव्हान गरेका छन्।  शुक्रबार

हुलाक मतको मुद्दामा पनि ट्रम्पले हारे

  • १४ मङ्सिर, २०७७

एजेन्सी । हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध नै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा

इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी

  • १४ मङ्सिर, २०७७

एजेन्सी । इथियोपियाका प्रधानमन्त्री अबी अहमदले इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी गर्नुभएको छ । इथियोपियाको