• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

चन्द्रमाको सतहमा पानी भेटियो, मानववस्ती विकासको नयाँ सम्भावना

एजेन्सी । चन्द्रमाको सतहमा पानी रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पुष्टि गरेको छ । चन्द्रमाको घाम लाग्ने ठाउँमा पानी पाइएको नासाले उल्लेख गरेको छ । यसको अर्थ चन्द्रमाको घमाइलो सतहमा मानव बस्ती विकास गर्न सकिन्छ ।

नासाले क्लेभियस क्रेटरमा पानीको अणुहरू (H2O) भेट्टाए, जुन पृथ्वीबाट देखिने सबैभन्दा ठूलो क्रेटरहरू मध्ये एक हो ।  पानी भेटिएको ठाउँ चन्द्रमाको दक्षिणी गोलार्धमा अवस्थित रहेको नासाले जनाएको छ । चन्द्रमाको सतहको अघिल्लो अवलोकनहरूले हाइड्रोजनको केही प्रकार पत्ता लगाएको थियो, तर पानी र यसको नजिकको रासायनिक सापेक्षिक हाइड्रोक्सिल (OH) बीच फरक छुट्याउन असमर्थ रहदै आएको थियो । एक घनमिटर चन्द्रमाको सतहमा १२ बोतल पानी बराबरको वाटर मलिक्यूल्स रहेको पाइएको नासाले बताएको छ । पत्ता लागेको पानी तरल अवस्थामा नभए पनि हिउँ बनेको अवस्थामा पनि नरहेको हो ।

पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् । यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा पानी जमेको अवस्थामा (हिउँ) पाइएको थियो ।

अहिले नै फेला परेको पानीलाई स्रोतका रुपमा प्रयोग गर्न सकिने वा नसकिने भन्न नसकिए पनि चन्द्रमाका बारेमा थप जान्न वा सो प्रक्रियाका लागि भने अति ठूलो उपलब्धी रहेको नासाका प्रशासक जिम ब्रिडेनस्टाइनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर