• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

टर्कीका राष्ट्रपतिद्वारा फ्रान्सको उत्पादन बहिष्कार गर्न अपील

बीबीसी । टर्कीका राष्ट्रपति रेजेप तैय्यप एर्दोआनले फ्रान्समा उत्पादित सामग्रीहरु बहिष्कार गर्न अपिल गरेका छन् । फ्रान्सले इस्लामको चर्को विरोध गरेपछि एर्दोआनले फ्रान्समा उत्पादित सामग्रीलाई प्रयोग नगर्न र बहिष्कार गर्न अपिल गरेका हुन् । 

टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति एर्दोआनले भने, 'यदि फ्रान्समा रहेका मुसलमानहरुलाई दमन गरिन्छ भने उनीहरुको सुरक्षाका लागि विश्वभरका नेताहरु एक ठाउँमा आउनुपर्छ ।' फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले कट्टपन्थी इस्लामो विरोधमा धर्मनिरपेक्षताको सुरक्षा गर्ने बताएका छन् । तर, एर्दोआनले फ्रान्सेली राष्ट्रपतिको यस अभिव्यक्तिको कडा निन्दा गरेका थिए । 

फ्रान्सको एक विद्यालयमा कक्षाकोठामा पैगम्बर मोहम्मदको कार्टुन देखाएको भन्दै एक शिक्षकको हत्या भएपछि इस्लामो विषयमा विवाद उत्पन्‍न भएको हो । १६ अक्टोबरमा सैमुखल पेटी नाम गरेका एक शिक्षकलाई १८ वर्षीय अब्दुल्लाह अन्जोरोफले हत्या गरेका थिए । 

पेटीलाई श्रद्धाञ्‍जली अपर्ण गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोले फ्रान्स कार्टुनको अघि नझुक्‍नेु बताएका थिए । इस्लाम धर्ममा पैगम्बर मोहम्मदको तस्बिर बनाउन एक संवेदनशील विषय मानिन्छ र विश्वभरका मुसलमानहरु यसको विरोध गर्छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर