बाटो काट्दै गरेको बृद्धको कारको ठक्करबाट मृत्यु

राजविराज । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिए  ।

पुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर  दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर