• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

एक नवविवाहित जोडीका लागि तनाव बन्यो ‘अन्तरंग फोटाशूट’ !

एजेन्सी । सामाजिक सञ्जालमा यतिबेला एक भारतीय नवविवाहित जोडीको ‘अन्तरंग फोटोशूट’ भाइरल भइरहेको छ । यी नै फोटोशूटका कारण उनीहरुले ट्रोलिङको पनि सामना गरिरहेका छन् । 

तर यस जोडीले सामाजिक सञ्जालबाट आफ्ना अन्तरंग तस्विरहरुलाई नहटाउने बताएका छन्, उनीहरुको भनाई तस्विरहरु हटाउनुको अर्थ ट्रोल गर्नेहरुका अगाडी झुक्नु हो । 

यी तस्विरहरुमा जोडी एक चिया बगानमा सेतो रंगको कपडामा हाँस्दै, अंगालोमा बेरिएर र एक–अर्कालाई पछ्याईरहेको देखिन्छ । उनीहरुको मुड निक्कै रोमान्टिक देखिन्छ । यो जोडीको नाम हो लक्ष्मी र ऋषि कार्तिक, उनीहरुले गत सेप्टेम्बरमा एक सानो समारोहका बीच विवाह गरेका थिए । 

विवाहपछि फोटोशूट गर्ने निर्णय लिएका थिए ताकि बढी तामझाम बिनै गरिएको आफ्नो विवाहलाई ‘स्मरणीय’ रहोस् । केरलाको एर्नाकुलमका स्थानीयवासी लक्ष्मीले भनिन्, ‘हामीले मागी–प्रेम विवाह गरेका हौँ । हाम्रो परिवारले हामीलाई गत वर्ष हामी एक–अर्कालाई भेट गराएका थिए । त्यसपछि हामीले डेट गर्न थाल्यो र एक–अर्कालाई प्रेम गर्न थाल्यौँ ।’

ऋषि एक टेलिकम कम्पनीमा काम गर्छन् भने लक्ष्मीले हालै मात्रै इलेक्ट्रोनिक इन्जिनियरिङमा डिग्री हासिल गरेकी हुन् । उनीहरुले गत एप्रिलमा विवाहका लागि एक भव्य समारोह आयोजना गर्ने योजना बनाएका थिए, तर कोरोना महामारीका कारण सबै योजना खारेज भए । 

त्यसपछि विस्तारै खुकुलो हुँदै गएको लकडाउनका बीच उनीहरुले जम्मा ५० जना परिवारका सदस्यको उपस्थितिमा विवाह गरे । यस जोडीले आफ्नो विवाहलाई ‘स्मरणीय’ बनाउनका लागि फोटोशूट गर्ने निर्णय गरे । 

पछिल्लो समय नेपाल तथा भारत लगायत देशमा परम्परागत विधिबाट हुने विवाहको तस्विर खिच्नका साथै विवाहपछि फोटोशूट पनि गरिने प्रचलन बढेको छ । विवाहपछिको फोटोशूट ‘केही रोमान्टिक र अन्तरंग’ होस् भन्ने ऋषि चाहान्थ । 

यी जोडीको तस्विर दुलाहाका साथीले नै खिचेका थिए । ‘यो एक रोचक अनुभव थियो,’ लक्ष्मी भन्छिन्, ‘फोटोशूटलाई लिएर हामी निक्कै रोमाञ्चित थियौँ । यो हाम्रो हनीमूनको एक हिस्सा थियो । हामीले हालै मात्रै विवाह गरेका थियौँ र हामी स्वतन्त्र महशुस गरिरहेका थियौँ ।’

तर उनीहरुलाई लागेको थिएन कि पछि गएर यो फोटोशूटले एक समस्या उत्पन्न गराउँछ । जब फोटोग्राफर साथीले फेसबुकमा यी तस्विरहरु पोस्ट गरे ट्रोलर्सले ‘भद्दा’, ‘नराम्री’ र ‘लज्जास्पद’ भन्दै ट्रोल गर्न सुरु गरे । कतिपयले पोर्नोग्राफीसम्म भन्न भ्याए भने केहीले कण्डमको विज्ञापनका लागि सुहाउने बताए । 

उनीहरु सामाजिक सञ्जालका ट्रोलर्सको मात्रै होइन केही आफन्तहरुको पनि सामना गर्नुपर्यो । थुप्रैले यो जोडी तस्विरहरुलाई हटाउन पनि माग गरे । लक्ष्मी र ऋषिलाई उनीको वारिवारिक ह्वाट्सएपबाट पनि निकालिए । तर पनि उनीहरु आफ्ना तस्विरहरु नहटाउनेमा अडिक छन् । 

यदि हामीले यसो गर्यौँ भने उनीहरु यसलाई हाम्रो गल्तिको रुपमा लिनेछन्, वास्तवमै हामीले गल्ति गरेको प्रमाणित गर्न खोज्छन् । वास्तवमा हामीले केही गलत गरेका छैनौँ । जबकि हामीले भित्र कपडा पनि लगाएका थियौँ,’ लक्ष्मी भन्छिन् । बिबीसी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर