• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

‘जादुई बत्ती’ किन्ने चक्करमा ९२ हजार डलरको ठगीमा परे एक डाक्टर !

तस्विर : एएफपी

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक डाक्टरलाई ९३ हजार डलरको ठगी गरेको आरोपमा दुई व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । 

ती व्यक्तिहरुले डाक्टरलाई ‘अलादिनको बत्ती’(जादुई जिन) भन्दै यसलाई घरमा राखे सम्पन्नता र राम्रो भाग्य उदय गराउँने विश्वास दिलाएका थिए । 

लाइक खान नामक उक्त डाक्टरले केही समयपछि नै उक्त बत्तीको कुनै पनि प्रकारको जादुई शक्ति नभएको महशुस गरे, जस्तो कि चर्चित लोक कथाहरुमा अलादिन र उसको इच्छा पुरा गर्ने जिन(अरबेली लोकथामा बर्णन गरिएको एक आत्मा)को रुपमा बर्णन गरिन्छ, त्यसपछि उनले प्रहरी कहाँ उजुरी दिन पुगेका थिए । 

‘ठगहरुले डाक्टरबाट बढी नै पेस्की लिने प्रयास गरेका थिए, तर उनले ७० लाख भारु मात्रै दिएका थिए,’ एक उच्च प्रहरी अधिकारी अमित रायले एएफपीसँग भने । उनीहरुलाई गिरफ्तार गरिसकिएको पनि उनले जानकारी दिएका छन् । 

‘एक ठगको श्रीमती पनि ठगीमा संलग्न रहेकी छिन् । अहिले उनी फरार छिन्,’ उनले भने । यी व्यक्तिले यही शैलीमा अन्य परिवारहरुलाई पनि ठगी गरेको पत्ता लागेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर