• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

स्नातक तहका विपन्न वर्गको विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियमित रुपमा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा उपलब्ध गराउने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क डेटा उपलब्ध गराइने भएको हो ।

कोभिड १९ को महामारीको संकटबाट उच्च शिक्षामा अध्ययनरत विपन्न वर्गका विद्यार्थीको शिक्षामा समान पहुँचका लागि भन्दै केन्द्रले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

त्यसका लागि विद्यार्थीले वित्तीय सहयोग कार्यक्रमको वेवसाइटमा गई फारम भर्नुपर्ने उल्लेख गरिएको छ । उक्त फारम कात्तिक २१ गते अर्थात शुक्रबारसम्म भर्न सकिनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर