रामपुर नगरभित्र संचालन हुने सवारीमा जोर बिजोर प्रणाली लागू 

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले आजदेखि नगर क्षेत्रभित्र संचालन हुने सबै सवारी साधनलाई जोर–बिजोर प्रणाली संचालन गर्ने भएको छ । समुदायमा कोरोना संक्रमण बढ्दै गएको र मौसम परिवर्तन भएसंगै अझ बढ्न सक्ने जोखिमका कारण नगरपालिकाले सर्वपक्षिय वैठकमार्फत जोर बिजोर प्रणली लागू गरिएको नगरप्रमुख रमण बहादुर थापाले जानकारी दिए ।

 संक्रमण न्यूनिकरणका लागि नगर क्षेत्रभित्र चल्ने नीजि तथा सार्वजनिक सवारीलाई लागू गरि मेडिकल लगायत सबै ब्यवसाय स्थलहरुमा डोरी, प्लाष्टिकको पर्दा लगाएर मात्र किनबेच गर्न–गराउन आग्रह गरेको छ । साथै चार्डपर्वका समयमा संक्रमण फैलिनसक्ने हुँदा सबै नागरिकलाई स्वास्थ्य मापदण्ड पुरा गरि पारिवारीक रुपमा मात्र पर्व मनाउन नगरपालिकाले निर्देशन दिएके छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर