• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 01:02 am

मोटरसाइकल चोरी गर्ने सात पक्राउ

चितवन ।  प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५ घर भई हाल खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी रहेका छन् । यस्तै मोटरसाइकल चोरी गर्नेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन् ।
 
चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
 
विभिन्न समयमा भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक, पावरहाउस चोक, विक्रममार्ग लगायतका स्थानबाट मोटरसाइकल चोरी भएका घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।  
 
पक्राउ परेका व्यक्तिहरुबाट मोटरसाइकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार उनीहरुलाई कानुनी कारवाही हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

धरौटीमा छुटेका बलात्कारका आरोपी शिक्षक पुनः पक्राउ

  • ८ मङ्सिर, २०७७

डोटी । जिल्ला अदालत डोटीको आदेशपछि धरौटीमा रिहा भएका केआईसिंह गाउँपालिका–४ झिमेमालिकाका शिक्षक सोपीनाथ भट्ट उच्च अदालतको आदेशले पुनः थुनामा परेका

क्रसर उद्योगहरु बन्द गर्न निर्देशन

  • ८ मङ्सिर, २०७७

दाङ । नियम विपरीत सञ्चालित क्रसर उद्योगहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ । बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरी क्रसर

जुम्लामा सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय

  • ८ मङ्सिर, २०७७

जुम्ला । जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख