चितवनमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु

चितवन ।  चितवनमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु भएको छ ।नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर– १९ का ७७ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो ।

निमोनिया, सुगर र प्रेसरको पूरानै समस्या रहेका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।

आइसीयूमा राखेर उपचाररत उनको राति ९ः५० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर