• बुधबार ८-१७-२०७७/Wednesday 12-02-2020/ 06:36 am

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

दिपायल । मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन् ।

डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी निज वृद्धालाई दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी पोष्ट पिपल्ला बजारका प्रमुख तथा प्रहरी सहायक निरीक्षक खेमराज भट्टले जानकारी दिए।

ठक्कर दिने मोटरसाइकल घटनास्थलमै छाडी चालक भागेकाले मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रतिष्ठानका लागि मणिपालको जग्गा अधिग्रहण गर्छौँः मुख्यमन्त्री राउत

  • १६ मङ्सिर, २०७७

जनकपुर ।  मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालले ओगटेको जग्गा

आयोगको छवि कायम राख्दै काम गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

  • १६ मङ्सिर, २०७७

वाग्मती ।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश लोकसेवा आयोगले सङ्घीय लोकसेवा आयोगको छविलाई कायम राख्दै काम गर्नुपर्ने बताएका छन्

नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट

  • १६ मङ्सिर, २०७७

डोटी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)