• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

दसैँको मुखमा महँगी उपभोक्तालाई सास्ती 

हिमाल जोशी/धनगढी । दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएपछि सर्वसाधारण मारमा पर्न थालेका छन् । केही दिनयता दैनिक उपभोग्य सामाग्री दाल चामलदेखि तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढेपछि सर्वसाधारण मारमा परेका हुन् । बजारमा तरकारीदेखि खाने तेलसम्मको मूल्य अत्याधिक बढेको भन्दै उपभोक्ता निरास हुन थालेका छन् । दैनिक उपभोग्य सामानको मूल्य बढ्दा भान्सा महँगिएको धनगढी वडा नम्बर–२ की सुनिता चौधरीले बताइन् । बजारमा दैनिक उपभोग्य सामाग्रीको मूल्य बढेपछि आर्थिक संकट आउन थालेको उनले बताइन् ।

विपन्न वर्गले खपत गर्ने दैनिक उपभोग्य सामग्रीको मूल्य अनियन्त्रितरूपमा बढेर अहिले सर्वसाधारणको दैनिक जीवनयापनमा नराम्ररी प्रभाव पारेको छ । अनियन्त्रित बढेको मूल्यवृद्धिको मारमा विपन्न तथा निम्न मध्यम वर्गीय परिवार मात्रै होइनन् सहरी क्षेत्रका मध्यम वर्गीय परिवारलाई समेत नराम्ररी पिरोलिएको छ ।  

‘पहिलेको तुलनामा भान्सामा दैनिक प्रयोग हुने खाद्य सामग्रीको मूल्य बढेको छ’ उनले भनिन्, ‘आधा लिटर खाने तेल ७५ रुपैयाँमा किन्दै आएका थियौं, अहिले बढेर ८० रुपैयाँ पुगेको छ ।’ दैनिक उपभोग्य हरेक सामग्रीको मुल्य आकासिंदा घर खर्च धान्नै मुस्किल भएको उनले बताइन् । चामल, पिठो, तरकारीदेखि अन्य दैनिक उपभोग्य सामग्रीको मुल्य आकासिंदा सामान्य आर्थिक अवस्था भएका परिवारलाई निक्कै समस्या हुने गरेको वडा नम्बर ५ की सरस्वती जोशीले दुखेसो पोखिन् । ‘एक सय रुपैयाँको तरकारी किन्दा एक छाक खान पुग्दैन’ उनले भनिन्, ‘अब त बजार जान पनि डर लाग्न थालिसक्यो ।’ चाडवाडको समयमा अत्याधिक मूल्यवृद्धि हुँदा आफूजस्ता सामान्य आर्थिक अवस्था भएका परिवारमा निरासा छाउन थालेको उनको गुनासो गरिन् । 

दैनिक उपभोग्य सामानको मूल्य बढेसँगै खाजा तथा नास्तामा एक्कासी मूल्य बढाउँदा ग्राहक आक्रोशित हुनथालेको स्थानीय नास्ता व्यवसायी बताउँछन् । ‘खाद्य सामग्रीको मूल्य बढेपछि नास्ता तथा खानाको दर पनि बढाएका छौ’ बसपार्कका व्यवसायी भुपाल थापाले भने, ‘तर, ग्राहकलाई मनाउन निक्कै कठिनाई हुन थालेको छ, बढेको मूल्यकै कारण आफ्ना नियमित ग्राहकसँग झगडा हुन थालेको छ ।’

पछिल्ला दिनमा तरकारीको मूल्यमा पनि आकासिएको उनी बताउँछन् । पछिल्लो समय तरकारीको मूल्य कम्तिमा १० रुपैयाँसम्म बढेको उपभोक्ताको भनाइ छ । धनगढीमा ६४ रुपैयाँ पर्ने चामल मसिनो अहिले ७० रुपैयाँ, १ सय ८५ रुपैयाँ पर्ने पिठो ५ केजीको प्याक अहिले दुई सय १० रुपैयाँ, ७५ रुपैयाँ पर्ने खाने तेल एक पोका (आधा लिटर) ८० रुपैयाँमा किनबेच भइरहेको वडा नम्बर ३ का व्यापारी हरिसिंह विष्टले बताए ।

मूल्य आफैंमा सधैं स्थिर हुने चिज नभए पनि एक्कासि मूल्य आकासिँदा समस्या उत्पन्न भएको उनले बताए । बिचौलियाकै कारण किसानले उत्पादन गरेको दूध, घ्यू, तरकारीको भाउ बढ्दै गएको उपभोक्ता बताउँछन् ।

उता पहाडी क्षेत्र बैतडीको बजारमा पाँच महिना यता प्रत्येक सामानको पाँच रुपैयाँदेखि ३० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । साउनयता झन् भाउ आकासिएको हो । तर, किसानले उत्पादन गरेका सामानको भाउ भने ५ महिना अगाडिकै छ ।

पाटन नगरपालिका वडा–६ का हरिश विष्टका अनुसार बजारमा महँगीले सामानको मूल्य छोइ नसक्नु भए पनि किसानले उत्पादन गर्ने कृषि उपजको बजार मूल्य भने पुरानै हुने गरेको छ । दाल चामलदेखि नुन तेल, चिनी, तरकारीको भाउ बढेपछि सर्वसाधारण समस्यामा परेका उनले बताए । विशेष गरी ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका स्थानीय बढी समस्यामा परेका छन् ।

नियमनकारी निकायको फितलो बजार अनुगमनले वस्तु तथा सेवाका उपभोक्ता ठगिएको उद्योग वाणिज्य संघ बैतडी अध्यक्ष नरबहादुर चन्दले बताए । खाद्यान्न, तरकारी, फलफूल, पेयपदार्थ, तेल, मासु, पानी, औषधिलगायत वस्तु तथा सेवामा धेरै मूल्य र गुणस्तरहीन सामान बेच्ने क्रम बैतडीमा रोकिएको छैन ।

अहिले पहाडी जिल्लामा चामल, दाल, तेल, चिनी, पिठो, पेट्रोल र डिजेलको मूल्य आकासिएको छ ।  

विपन्न वर्गले खपत गर्ने दैनिक उपभोग्य सामग्रीको मूल्य अनियन्त्रितरूपमा बढेर अहिले सर्वसाधारणको दैनिक जीवनयापनमा नराम्ररी प्रभाव पारेको छ । अनियन्त्रित बढेको मूल्यवृद्धिको मारमा विपन्न तथा निम्न मध्यम वर्गीय परिवार मात्रै होइनन् सहरी क्षेत्रका मध्यम वर्गीय परिवारलाई समेत नराम्ररी पिरोलिएको जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए ।

मूल्य आफैंमा सधैं स्थिर हुने चिज नभए पनि एक्कासि मूल्य आकासिँदा समस्या उत्पन्न भएको उनले बताए । बिचौलियाकै कारण किसानले उत्पादन गरेको दूध, घ्यू, तरकारीको भाउ बढ्दै गएको उपभोक्ता बताउँछन् । ‘किसानले मूल्य पाएका छैनन्, पाटन नगरपालिका–४ का लालबहादुर महराले भने, ‘बिचौलियाले भने दोब्बर फाइदा लिएका छन् ।’

यसैगरी पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम लगायतका जिल्लामा पनि दैनिक उपभोग्य सामानमा मूल्य बढ्दा सर्वसाधारण मर्कामा परेका छन् । राज्यले करको दायरा बढाएसँगै दैनिक उपभोग्य सामानमा मूल्य बढेको स्थानीयको भनाइ छ । अहिले पहाडी जिल्लामा चामल, दाल, तेल, चिनी, पिठो, पेट्रोल र डिजेलको मूल्य आकासिएको छ ।  

दसैँको मुखमा एकाएक दैनिक उपभोग्य सामानमा मूल्य बढ्दा आफूहरु मर्कामा परेको भन्दै पाथीभेरा गाउँपालिकाका सत्यराज जोशीले दैनिक भारी बोकेर गुजारा चलाउने परिवारमा मूल्यवृद्धिले निक्कै असर परेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर