• सोमबार ८-१५-२०७७/Monday 11-30-2020/ 05:18 pm

नक्कली पीसीआर रिपोर्ट बनाउने पक्राउ

नेपालगन्ज । चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ। प्रहरीले आज अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए।
 
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिपोर्टको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पीसीआरको सिफारिस गरिदिन्थे। उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभसमेत बनाउँदै आएको आरोप छ।

पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिपोर्ट दिए भन्ने अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना कमान्डर डा. पूजा सम्मानित

  • १५ मङ्सिर, २०७७

सुर्खेत । कोरोना कमान्डर डा. पूजा बि.सी. कर्णाली स्वास्थ्य निर्देशनालयबाट सम्मानित भएकी छन् ।  कोरोना महामारीको समयमा पनि अहोरात्र खटेर स्वास्थ्य

दुहवीमा १७ वर्षे युवकको हत्या,अपहरणकारीको आशंकामा एक पक्राउ 

  • १५ मङ्सिर, २०७७

विराटनगर । सुनसरी दुहवी नगरपालिका ३ का १७ वर्षे सुजन चौधरीको हत्या भएको छ । साथीको घर जान्छु भनेर हिडेका चौधरीको पाँच दिनपछि घर नजिकै शव भेटिएको हो ।

अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

  • १५ मङ्सिर, २०७७

अछाम । अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलसेन देखी धनगढी तर्फ आईरहेको ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना भएको हो । जिल्लाको चौरपाटी