• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जन्माशौच र मृताशौच के हो र कति दिन बार्ने ?

जन्माशौच शब्द जन्म र आशौच मिलेर  बनेको हो भने मृत र आशौच मिलेर  मृताशौच   बनेको हो । मान्छे जन्मदा अशुद्ध वा  अपवित्र हुनु  जन्माशौच हो भने मर्दा अशुद्ध वा अपवित्र हुनु मृताशौच हो।  हिन्दू  धर्मशास्त्रअनुसार  मानिस जन्मदा  वा मर्दा  दाजुभाइ  र नजिकको नातेदारलाई  निश्चित  अबधिसम्म लाग्ने अशुध्दि  नै जन्माशौच  र मृताशौच हो।यसलाई  सूतक वा जुठो  पनि भनिन्छ ।

मानिस जन्मन्छ ,मर्छ।हिन्दुशास्त्रानुसार मानिस जन्मदा पनि आशौची बनाएर जन्मन्छ, मर्दा पनि  आशौची बनाएर मृत्यु हुन्छ।सम्पूर्ण  जीव जीवात्माको गति जन्मनु र मर्नु हुन्छ।मानिस सचेत प्राणी भएको हुनाले  सामाजिक रुपमा सल्लाह हुन्छन्। पशुपक्षी कीटपतङ्ग अचेतन प्राणी हुँदा उनीहरुमा पनि आफ्नै  किसिमको व्यक्त वा अव्यक्त  सल्लाह हुन्छ होला। जन्मदा हर्ष प्रकट र मृत्युमा दुःख प्रकट गर्ने मानिसमा जस्तो पशुमा हामीले  बुझ्ने  भासामा  देखिदैन,तर उनीहरूका पनि आआफ्नै भाषा हुन्छन्।आफ्नै परिवारभित्र केही घटनाहरू घटे भने अचेत प्राणी भएपनि उनीहरूले आफ्नै प्रकारले श्रद्धाञ्जली  समवेदना प्रकट गर्दछन्। उनीहरूले प्रकट गरेको भावनालाई  हामी मानिसहरू पशुभाषामा अनभिज्ञ भएका हुनाले बुझ्न नसकेको मात्र हो।आफ्ना छोरा छोरी मर्दा वा चरिचरनको समयमा काल्नो वा भीरबाट लड्दा पशुहरूले  आँखामा आसु ल्याएर रोएको हेक्का गरेमा प्रत्यक्ष रूपमा हामीले पनि देख्न सक्छौ ।

चराचुरूङ्गीहरूपनि आफ्नो समाजमा केही घटनाहरू घटे चिरविर गरेर कराएको देख्न र  त्यसमध्ये कौवा बढि सक्रिय भएको  देख्न सकिन्छ।वर्तमान समयमा पश्चिमा सभ्यताको प्रचारात्मक प्रभाव ले पूर्वीय सभ्यता,संस्कृति,परम्परालाई  केही  ओझेलमा पारिएको  देखिए तापनि हिन्दुशास्त्रमा   लेखिएका  बिधानहरु अपत्यारिला जस्ता लाग्न  सक्छन तर वस्तुसत्य आफ्नो धर्म र परम्परालाई रक्षा गर्नु हरेक  नागरिकको कर्तव्य  हो।यहाँ मैले हिन्दुधर्म परम्परामा मानिस  जन्मदा र मर्दा  के कति दिन आशौच बार्नु पर्दछ भनेर धर्मसिन्धु, निर्णयसिन्धु आदि पुस्तकलाई आधार  बनाएर चर्चा  गर्दैछु।

जन्म सूतकलाई बढन्तीको कुरा मानेर  हाम्रो  समाजमा आशौच बार्ने वा नबार्ने केही  मतान्तर पनि पाइन्छन् ।  जन्माशौचलाई उत्सवको रुपमा मानेर नाच गान बजान समेत हुन्छ। सामान्यरुपमा जन्मोत्सवलाई नबार्दा पनि हुने हो तर हाम्रो सस्कारलाई आधुनिक  आखाले हेर्दा  पनि धेरै  कुराहरु वैज्ञानिक  छन् ।वास्तवमा  मानव सभ्यताको  विकासमा  हिन्दु सभ्यताको अहम्  भूमिका रहेको  पाइन्छ ।मन, वचन ,कर्म र शरीरको पवित्रता नै  संस्कार हो।व्यक्तित्व निर्माणमा संस्काको ठुलो  भुमिका  हुन्छ। आधुनिक  र विज्ञानसम्मत आखाले हेदा पनि हाम्रो  सस्कार अब्बल छ।

खासगरी हिन्दु सस्कारमा १६ प्रमुख सस्कार छन्।।ती हुन्ः(गर्भधान,पुन्सवन,सीमन्तोन्नयन,जातकर्म,निष्क्रमण,अन्नप्राशन,चुडाकर्म,विद्यारम्भ,कर्णवेध,उपनयन,वेदारम्भ, केम्शात,समावर्तन , विवाह र मृत्यु रहेका छन् ।हाम्रो  समाजमा पश्चिमी सस्कारको  प्रभावले गर्दा कुनै कर्म गर्दा अङ्ग्रेजी भाषा प्रयोग गरियो भने उत्कृष्ट मानिन्छ,जस्तैः(द्यष्चतज मबथ,ँभभमष्लन ,द्यबदथ कजयधभच,ल्बmष्लन , क्अजययष्लिन ,न्चबमगबतष्ल ,ःबचचष्बनभ,म्भबतज आदि।कुनै निश्चित  भाषाको प्रयोग  गरेर सस्कार मनाउदैमा उच्च र निम्न भन्ने  हुँदैन ।यसैले सबै आआफ्नो  सस्कारमा रहनु पर्छ ।हिन्दु सस्कारको आफ्नै अस्तित्व   र इतिहास छ। यहीँ सस्कारमा आफुलाई पाउनुमा हामीले गर्व गर्नुपर्छ।

स्त्री जातिहरूमा रजोदोष हुनु प्राकृतिक   प्रकृया हो।रजोदोष समाप्त भएको पाचौं दिनदेखि चौधौंदिन भित्र पुरुष र स्त्री जातिको संसर्गबाट गर्भ रहेर शिशुको जन्म हुन्छ।जन्म हुनुभन्दा पहिले पनि विभिन्न कारणबाट  गर्भपतन  हुनसक्छ । गर्भ कुनसमयमा पतन हुँदा के कस्तो   अशुद्धी हुन्छ  र यस अवस्थालाई कसरी   शुद्धीकरण गर्ने  भन्ने बारेमा यहाँ  चर्चा  गर्दैछु।

आचतुर्थाद् भवेत्स्रावः पातःपञ्चमषष्ठयोः।
अत ऊर्ध्वं प्रसूतिः स्यात्तत्राशौचं विविच्यते ।।
चार महिनासम्मको गर्भनाशभएमा स्राव भनिन्छ।स्राव हुंदा  चार दिनले मात्र स्त्री जाति शुद्ध हुन्छन्।पाचौं  र छैठौँ महिनाको गर्भनाश हुदा पात भनिन्छ।यसमा महिनाअनुसार आमा अशुद्ध हुन्छन् ।
षड्मासाभ्यन्तरं यावद्  गर्भस्रावो भवेद्यदि।
तदा मास समैस्तासां दिवसैः शुद्धिरिष्यते।
स्त्रीजातिहरूले महिनाअनुसार रात्री बार्नुपर्छ।पुरुष स्नानले मात्र शुद्ध हुन्छ।सात महिना पछिको गर्भनाश भए मा सपिण्डीलाईसमेत जननाशौचलाग्छ।परशरकोमतअनुसार(
जातेविप्रो दशाहेन ब्दादशाहेन भूमिपः।
वैश्यःपञ्चदशाहेन शूद्रो मासेन शुद्ध्यति।
माथि यस्तो भनिए तापनि प्रचेताको मतमाः(                         सूतिका सर्ववर्णेषु दशरात्रेण शुद्ध्यति।
ऋतौ च न पृथक्शौचं सर्ववर्णेष्वयं विधि।।
भनेर  भनिएको हुनाले दशरात्रीलाई नै मान्यता दिदै आएको देखिन्छ।जन्मसूतकमा दशरातसम्म पुत्रवती नारी अशुद्ध हुन्छिन् ।सपिण्डीसमेतका परिवारलाई देवपूजा आदि गर्न सूतकदोषमा निषेध छ।दशरात वितेपछि एघारौंका दिन नाम कर्म हुन्छ।छोरा जन्म भएको भए एघारौं दिनलाई आधार मानेर बीसरात र  छोरी जन्मेकोभए तीसरात कटाएपछि पुत्रवती नारीहरू पञ्च गव्यप्राशन र गोदानादि गरेर देवपूजामा समावेश हुने अधिकारहुन्छ भनिएको छ तापनि छोराछोरीबराबरी भनेको हुनाले छोराछोरी जेजन्मे पनि बीसरात कटाएपछि उल्लिखित कार्यगरेर शुद्धहुने मेरा विचारमा लाग्छ।
जन्मेका बालक वा बालिकाको नालक्षेदन नगर्दासम्म जातकर्म संस्कार गर्न सकिन्छ ,स्पर्श दोष लाग्दैन।
यावन्न छिद्यते नालंतावन्नाप्नोति सूतकम्।
छिन्ने नाले ततःपश्चात् सूतकं तु विधीयते।।
प्रथमे दिवसे षष्ठे दशमेचैव सर्वदा।त्रिष्वेतेषु न कुर्वीत सूतकं पुत्र जन्मनि।।
देवाश्च पितरश्चैव पुत्रेजाते व्दिजन्मनाम्।
आयान्ति तस्मात्तदहःपुण्यंषष्ठं च सर्वदा।।
यहाँ  दशमे शब्दले एघारौं दिन भन्ने बुझाउंछ।छैठौं दिनमा शिशुको षष्ठी कर्म गर्न प्रतिबन्ध छैन।ब्राह्मण निमन्त्रणा गरेर विधिसम्मत देवपूजा गर्न सकिन्छ।यी जन्मसूतक र मृतसूतक सूतकीका घर बाहेक पुस्ताअनुसार बारिन्छ।मूलपुरुषदेखि सातपुस्तासम्म सपिण्डी भनिन्छ।आठौंदेखि चौधौं सम्म समानोदक वा सकुल्या र पन्ध्रौंदेखि एक्काइस पुस्तासम्म सगोत्री भनिन्छ।
सपिण्डता तु पुरषे सप्तमेविनिवर्तते।
समानोदकभावस्तु निवर्तेत चतुर्दशे।
जन्मनामस्मृते वै के तत्परंगोत्र मुच्यते ।
दशाहेन सपिण्डास्तु शुद्ध्यन्ति प्रेतसूतके ।
त्रिरात्रेण सकुल्यास्तु स्नात्वा शुद्धयन्तिगोत्रजा।।
दशाहेन शब्दले दशरात र सकुल्याले समानोदक अर्थ बुझाउंँछ।आठौंपुस्ताबाट सपिण्डी समाप्त हुन्छ।आठौंपुस्ता भएका घरमा सातौं पुस्ताको व्यक्ति नभएमा सातौंपुस्ताका व्यक्तिको जन्म वा मृत्यु भएमा तीन रातमात्र बारे हुन्छ तर आठौंपुस्ताका व्यक्तिको जन्म वा मृत्यु हुंदा सातौंपुस्ताका व्यक्तिले दशरात नै सूतक बार्नुपर्छ।
सप्तमेनत्वनुवृृत्त सापिण्ड्यकेनाष्टमा दीनां जनने वा मरणे दशाहमेव कार्यम्
जातमृतेमृतजाते वा सपिण्डानां दशाहम् ।भनेकोहुनाले गर्भैमा मरेर जन्मेको र जन्मेर मरेका शिशुको सपिण्डीहरूलाई दशरात नै जन्मसूतक लाग्छ।
जीवञ्जातो यदि ततोमृत सूतकजीव ञ्जातोयदिततो मृतःसूतक  एव तु ।
सूतकं  सकलंमातुः पित्रादिनां त्रिरात्रकम् ।
भनेकोछ तापनि माथिको श्लोक  अनुसार दशरात सबैले  नै बार्नु पर्ने देखिन्छ ।
दशाहभ्यन्तरे बाले प्रमीते तस्य बान्धवैः ।
शावाशौचं न कर्तव्यं सूत्या शौचं विधीयते ।
नाल छेदनोत्तरं दशाहभ्यन्तरे शिशु मरणे सपिण्डादिनां सम्पूर्णमेव जननाशौचम् भनिएको छ।एघारौं दिनमा नामाकरण नहुदै शिशुको मृत्यु भएमा सपिण्डीहरू स्नानले मात्र शुद्ध हुन्छन्।बाबु आमाले तीनरात अरु बार्नु पर्छ ।
शिशु जन्मेपछि कर्मको समयाबधि तोकिएको छ।सातमहिनामा दाँत आउनु शिशुका नामले पुकारिनु।तीन वर्षमा चूडाकर्म गर्नु बालकका नामले बोलाईनु र चूडाकर्म भएपछि उपनयन कर्म नहुँदासम्म  कुमार भनिन्छ।
शिशुरादन्तजननाद् बालःस्याद् यावदाशिखः।
कथ्यते सर्वशास्त्रेषु कुमारो मौञ्जिबन्धनात् ।।
व्रतबन्ध भएपछि मानिस पौगण्ड अवस्थामा प्राप्त हुन्छ।उपनयन कर्म पाँच वर्ष पछि गर्न हुन्छ पनि उल्लेख गरिएको  पाइन्छ। बच्चा जन्मेपछि उपनयन नहुँदै  मृत्यु  भएमा बार्ने दिन र विधि यसरी  बताएको पाइन्छ ।
१)दाँत नआउदै शिशुको मृत्यु भएमाः(                             दाहे सपिण्डानामेकाह,खनने स्नानाच्छुद्धि,मातापित्रोस्तु त्रिरात्रम।।भनेकोछ,यस्तो परेमा मृत शिशुको लागि दुधदान गर्नु भनिएको हो। गर्भे नष्टेक्रिया नास्ति दुग्धं देयंशिशौ मृते।
परं च पायसं क्षीरंदद्यात् बाल विपत्तितः।।
दाँत नआँउदै मृत्यु भएका बालकको लागि दुध र चूडाकर्म सम्म खीर दान र समान उमेरका बालक बालिकालाई  वस्त्र दानगर्नु।
२)सात महिनापछि चूडाकर्मको समय सम्मका बालकको मृत्युभएमा तीन रात्रि सम्म सपिण्डीसमेत बाबु आमालाई मृत्यु सूतक लाग्छ।धर्मसिन्धुमा कन्याको असमानता देखाए तापनि समानरुपले तीन रात्रि नै आशौच  बार्दा उत्तम हुन्छ ।
३ )३ वर्षको चूडाकर्म भएका बालकको ५ वर्षपछि उपनयन नहुँदै मृत्यु भएमा दाहसंस्कार  गरेर सपिण्डीसमेत बाबु आमाले तीन रात्रि आशौच बार्दा पिण्डदा नगर्न पनि हुने देखिन्छ।
प्रथमे दिवसे देया स्त्रयःपिण्डा समाहितैः।
द्वितीये चतुरो दद्यात् अस्थि संचयनं तथा।।
स्त्रींस्तु दद्यात्तृतीये४न्हिवस्त्रादि क्षालयेत्ततः ।
यद्यप्य कृतचूडोवै जातदन्तस्तु संस्थितः।
तथा४पि दाहयित्वैन माशौचंत्र्यहमाचरेत् ।।
यज्ञोपवीत धारणगर्ने जातिहरूमा व्रतबन्ध भएकालाई संस्कृत र नभएकालाई असंस्कृत भनिएको छ।असंस्कृतहरूको पिण्डदान कुशको आशन बिना दिईन्छ ।
असंस्कृतानां भूमौ पिण्डं दद्यात् संस्कृतानां तु कुशेषु,, ।
प्रेत पिण्डं बहिर्दद्यात् दर्भमन्त्र विवर्जितम् ।
यत्र प्रमीयते बाल स्तत्र प्रायः प्रदीयते ।
किञ्चित् समान वयसां संस्कृत्यान्नं यथाविधि ।
भक्ष्यं भोज्यं च दातव्यं तथा च सुख भक्षिका ।
तद्वस्त्राणि प्रदेयानि सोपानत्कानि तत्समे ।
कुमाराणां च बालानां भोजनं वस्त्र वेष्टनम् ।
यच्चोप जीवते बाल स्तत्तद्विप्राय दीयते ।
समान उमेरका ब्राह्मण पुत्र वा  पुत्री बोलाएर भोजन वस्त्र दान गर्नु  भनिएको छ।
४ )पाँच वर्षभन्दा वढि उमेर व्रतबन्ध गर्ने भएका बालक बालिकाको विषयमाः(
जन्मत पञ्च वर्षाणि भुङ्तेदत्तमसंस्कृतम् ।
पञ्चवर्षाधिके बाले विपत्तिर्यदि जायते ।
अहन्यहनि संप्राप्ते कुर्याच्छ्राद्धानि षोडशः ।
पायसेन गुडेनैव पिण्डं दद्यात् यथा क्रमम् ।
द्वादशाद्वत्सरादर्वाक् पौगण्डं मरणेसति ।
सपिण्डीकरणं नस्यात् एकोद्दिष्टानि कारयेत् ।
वृषोत्सर्गादिकं कर्म कर्तव्यमुदकं ततः ।।
बाह्र वर्षपछि व्रतबन्ध र विवाह नभएपनि बालक बालिका पौगण्ड अवस्थामा पुगेको मानिन्छ।तिनीहरूको मृत्युमा दशदिन सम्मका पिण्डदान गरेर एघारौं दिनका कर्म गर्नसकिने बताएको छ ।
उदकुम्भ प्रदानं च पददानानि यानि च ।
दीपदानानि यत्किञ्चित् पञ्चवर्षाधिके सदा।।
कर्तव्यं तु खगश्रेष्ठ व्रतार्वाक् प्रेततृप्तये ।
स्वाहाकारेणैव कार्याण्येकोद्दिष्टानि षोडशः ।
ऋजु दर्भैस्तिलैःशुक्लैः प्राचीना वीतिना तथा ।।
माथिका श्लोकअनुसार घटदान,पददान,षोडशीहरू जौ,तिल,कुश द्वारागर्न फुकाईदिएकोछ ।एघारौं दिनका कर्म गरेपछि उपनयन र विवाह नभएका छोराछोरीको१२ वा१३, दिनका दिन घर पवित्र गराउन हवनादि र दानादि गर्न सकिने देखिन्छ।उपनयन कर्म र विवाह भएको भए आ आफ्नै घरमा१२ह्रौँ दिनमा सपिण्डी हुन्थ्यो, फरक यत्ति नै हो ।
उपनयन कर्म कतिवर्ष भएपछि गर्न हुन्छ भन्नेमाः(
“गर्भतो जन्मतो वा पञ्चमे४ ष्टमे वा वर्षे ब्राह्मण स्योपनयनं,,एकादशे द्वादशे वा क्षत्रियस्य द्वादशे षोडशे वा वैश्यस्य।
षष्ठे तु धनकामस्य विद्या कामस्य सप्तमे।
अष्टमे सर्वकामस्य नवमे कान्तिमिच्छतः ।।
भने तापनि छैठौं वर्षमा ब्राह्मणले उपनयन कर्म नगर्नु।ब्राह्मणको अन्तिम गौण काल१६,२२,२४, वर्ष मानिन्छ।यसपछि उपनयनको समयावधि समाप्त हुन्छ ।१६, वर्षपछिका समयमा कृच्छ्रत्रयगोदानादिहरू गरेरमात्र उपनयन कर्म गर्नु भन्ने उल्लेख पाइन्छ।५वर्षपछि  उपनयन कर्म गर्ने र्अधिकार भएर नै होला पिण्डदान समेत गर्नुभन्ने उल्लेख गरिएको  छ।
रात्रौजनने मरणे निर्णय ः(
रात्रिं त्रिभागां कृत्वा४४ द्यभागद्वयेचेत्पूर्वं दिनम्।अन्त्येतूत्तरम् ।
रात्रिका घडी पलालाई तीनभाग गर्ने  दुई भागतर्फको समय रहेछ भने पहिलो दिन एकभाग तर्फको समय रहेछ भने पछिल्लो दिन मानिन्छ। यो नियम   जन्म मृत्यु दुबैमा लागु हुन्छ।
  कर्ममा असमानताः(,
धार्मिक ग्रन्थहरूले पुरुष र स्त्री जातिहरूमा असमानता प्रकट गरेको पाइन्छ ।पुरुषको उपनयन र स्त्री जातिहरूको विवाहले सपिण्डीको बाटो फुकाएको छ।यज्ञोपवीत धारण गर्ने बाहेकका जातिहरूमा सोह्रवर्ष काटेपछि जातियताका हिसावमा आआफ्ना संस्कार गर्न छुटकारा दिएको छ तर तागाधारी जातिका स्त्रीजातिहरूलाई विवाह बन्धन नै राखिदिएकोछ।
स्त्रीणामसंस्कृतानां तु त्र्याहाच्छुद्धन्ति बान्धवा ।
यथोक्तेनैव कल्पेन शुद्ध्यन्ति तु सनामयः ।सनामय,सपिण्डा ।
विवाह नहुंदासम्म जतिवर्षकी कन्या भएपनि निजको मृत्यु हुदा तीनरातले मात्र शुद्धहुने धार्मिक ग्रन्थले परिकल्पना गरेका छन्।यसले कर्ममा असमानता देखिन्छ। सपिण्डीको लागि विवाहलाई  प्रधानता दिएपनि अरु कर्मको लागि दाजुभाइ सरह माइती घरमा बाबु आमाबाट पाउनुपर्ने संस्कार पाउनुपर्ने देखिन्छ।
  अष्टवर्षाभवेद् गौरी नव वर्षा च रोहिणी।
दश वर्षा भवेत् कन्याअत ऊर्ध्वं रजस्वला  ।।
भनेको हुनाले दशवर्ष भित्रै विवाह गरिदिनु ,आठौंवर्ष उत्तम,नवौं र दशौं वर्षमध्यम यसपछि अधम मानेर प्रायश्चित्त गोदान गरेर विवाह गरिदिने चलन प्रचलित रहेको  देखिन्छ  ।
प्राप्ते तु ब्दादशे वर्षे यःकन्यां न प्रयच्छति।
मासि मासि रजस्तस्या पिता पिबन्ति शोणितम् ।
कन्या ब्दादश वर्षाणि या४ प्रदत्ता वसेद् गृहे ।
ब्रह्महत्या पितुस्तस्याः सा कन्यावरयेत्स्वयम्।।
यसैश्लोकलाई आधार मानेर वर्तमान समयमा कन्याले वरलाई माला लगाएर वरणी गरेपछि मात्र बाबु आमाले कन्यादान गर्नेचलन चलाएको देखिन्छ।
मृत्युवाट आशौची भएका घरहरू शुद्ध गराउन हवनादिकर्म गर्नु अनिवार्य देखिन्छ।
     यसरी हिन्दुशास्त्रअनुसार जन्माशौच र मृताशौचका विषयमा बताइएका केही  विधिहरु केही  चर्चा  गरियो।हिन्दुशास्त्रमा पनि कहीँ कतै  केही  अस्पष्टता र असमानता छन् ।समाजको विकाससंगै जात र लिङ्गमा विभेद गर्नु पक्कै  राम्रो होइन ।हिन्दुसस्कारको रक्षा गर्दै त्यसलाई  समयसापेक्ष  बनाउनु   पर्ने पनि देखिन्छ ।।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर