झापामा कोरोनाका कारण ७२ जनाको मृत्यु, दमकमै मात्र २७ जना पुगे

झापा । झापामा कोरेना संक्रमणका कारण अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । झापाको दमकमा मात्रै २७ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् । 

आज दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै दमकमा मृतकको संख्या २७ पुगेको हो भने झापामा ७२ पुगेको हो । आज दमक ५ का एक ८६ बर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार खड्काको होम आइसोलेसनमै मृत्यु भएको हो । उनको आज बिहान साढे ५ बजे घरमै मृत्यु भएको हो । उनलाई कार्तिक १९ गते कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर