कैलालीमा देउसी–भैलीमा रोक, सुरक्षाका साथ तिहार मनाउन आग्रह

कैलाली । कैलालीमा  तिहारका बेला खेलीने देउसी भैलो खेल्न रोक लगाइएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि कैलालीमा  देउसी भैली खेल्न रोक लगाईएको हो ।

 चाडपर्वको समयमा हुने बढी आवातजावातले संक्रमण फैलिने सक्ने भन्दै जिल्ला प्रसासन कैलालीले भिडभाड विना नै चाडपर्व मनाउन आग्रह गरेको छ ।

तिहारमा आयोजना हुने देउसी–भैली लगायतका कार्यक्रममा समेत प्रदेशका स्थानीय प्रशासन कार्यालयहरुले गर्नमा रोक लगाएका हुन् । 

गौरा, छठ, दशैं लगायत पर्वमा जसरी सुरक्षा सतर्कताका साथ मनाइएको थियो, त्यसरी नै सुरक्षाका मापदण्ड साथ तिहार मनाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।

तिहारमा पनि प्रमुख जिल्ला अधिकारीको आदेशलाई निरन्तरता दिएको बताउँदै सूचना अधिकारी जोशी देउसी भैलीको कार्यक्रम गर्न रोक लगाएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर