मोरंगका तीन दर्जन नेता कार्यकता नेकपा प्रवेश

काठमाडौं । केन्द्रमा शीर्ष नेताहरुबीच कलह चुलिएका बेला पूर्वि नेपालको मोरंग जिल्लामा भने विभिन्न पार्टीबाट नेकपा प्रवेश गर्ने क्रम देखिएको छ । मोरंग जिल्लाको रतुवामाई नगरपालिका १ मा बिहीबार एक कार्यक्रममा बीच ३ दर्जन नेता कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् । 

नेकपाका जिल्ला सचिब गणेश उप्रेतीको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा रतुवामाइ नगरपालिका १ मा विभिन्न पार्टी परित्याग गरि आनन्द राजबन्शि र लोक नाथ गिरिको नेतृत्वमा ३६ जान अगुवा कार्यकर्ता नेकपामा प्रबेश गरेको सोही नेकपा रतुवामाई नगर ईन्चार्ज सुमन कालिकोटेले जानकारी दिए । 

कालिकोटेकै पहलमा सो क्षेत्रका अन्य पार्टीका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई जिल्ला सचिव उप्रेतीले अबिर माला लगाएर स्वागत गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर