• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सामाजिक सञ्जालमा भाइरल : सडकको किनारामा खाना बेच्ने एक पाइलट

एजेन्सी । कोरोना महामारीमा विश्वभरमा कैयौँले आफ्नो–आफन्त गुमाए भने कतिले आफ्नो रोजगार–रोजीरोटी गुमाए । यद्यपि, ‘न्यू नर्मल’सँगै एकपटक फरि आफ्नो जिन्दगीलाई सामान्य अवस्थामा ल्याउने प्रयास भइरहेको छ । 

एक यस्तै व्यक्ति हुन् अजरीन मोहम्मद जाववी, जो पेशाले एक पाइटल थिए, तर आज उनी एक स्ट्रिट फूड स्टल चलाउन बाध्य भएका छन् । कोरोना महामारीमा उनले आफ्नो जागिर गुमाए ।

परिवारका लागि अजरीनले सडक छेउमा खानेकुरा पकाउने र बेच्ने काममा लागे । उनी यतिबेला सामाजिक सञ्जालमा चर्चित बनेका छन् । चर्चित हुनुमा उनको एक रोचक कुरा छ । 

महामारीअघि दुई दशकदेखि उनी पाइलटको ड्रेसमा सजिएर विमानस्थल जान्थे, तर हिजोआज उनी क्वालम्पुरदेखि बाहिरी क्षेत्रमा स्थित आफ्नो नूडल्सको सानो पसलमा जान्छन् । 

४४ वर्षीय पाइलट अजरीनलाई आफ्ना चार सन्तान र पत्नीको दैनिकी चलाउनका लागि एक फूड स्टल खाले जहाँ उनी मलेसियाली खाना बनाउँछन् । उनी पाइलटको पहिरनमै खुल्ला स्थानमा खाना बनाउँछन् र ग्राहकहरुलाई खुवाउँछन् । उनको यो शैली ग्राहकलाई निक्कै नयाँ लागेको छ । 

उनको स्टलमा खाना खान आउने प्रायजसोले उनीसँगको तस्विर खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन् । उनले आफ्नो स्टलको नाम ‘क्याप्टेन कर्नर’ राखेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर